डोटीमा ३७ जना स्वास्थ्य स्वयंमसेबिकालाई आधारभूत तालिम

गणेश मौनी
२५ फागुन २०७९ २:४६
डोटीमा ३७ जना स्वास्थ्य स्वयंमसेबिकालाई आधारभूत तालिम

डोटी।डोटीमा ३७ जना महिला स्वास्थ्य स्वयंम सेबिककाहरुलाई आधारभूत तालिम दिईएको छ ।
सेवाग्राहीको घरदैलोमा गएर सेवा गर्न सहजता होस भन्ने हेतुले बोगटान फुड्सिल गाउँपालिका र बडीकेदार गाउँपालिकाका ३७ जना महिला स्वास्थ्य स्वयंम सेबिकाहरुलाई दश दिने आधारभूत तालिम दिईएको स्वास्थ्य कार्यालय डोटीका कार्यक्रम संयोजक सुर्य बहादुर बिष्टले बताउनु भयो ।
उनले भने समुदाय स्तरमा प्रत्येक्ष रुपमा काम गर्ने भनेका महिला स्वयंमसेबिका हुन त्यसैले उनिहरुलाई स्वास्थ्य सम्बन्धीको आधारभूत जानकारी हुनुपर्छ, । सधैको बर्ष जस्तै यस बर्ष पनि नयाँ स्वयंमसेबिकाहरुलाई तालिम दिईएको बताउनु भयो ।
नयाँ महिला स्वास्थ्य स्वयंमसेबिकाहरुलाई समुदायस्तरमा गएर सेव ागर्न सहजताहोस भन्ने हेतुले आधारभूत तालिमको आयोजना गरेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
स्वयंमसेबिकाहरुलाई आधारभूत ज्ञान दिने उद्देश्यले आयोजना गरेको तालिममा विभिन्न विषय बस्तुहरुको बारेमा जानकारी गराईएको बोगटान फुड्सिल गाउँपालिका ६ गगुडा स्वास्थ्य चौकीका सिनियर अहेब शिशिर बोगटीले बताउनु भयो ।
गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा स्वास्थ्य कार्यालयले बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ६ गगुडा, वडा नम्बर १ सिमचौर र बडीकेदार गाउँपालिकाको वडा नम्बर ३ घागलमा तालिमको आयोजना गरेको थियो ।
दुबै पालिकामा संचालन भएको तालिममा महिला स्वास्थ्य स्वयंमसेबिकाहरुले समुदाय स्तरमा गर्नु पर्ने मुख्यकाम खोप, नबजात शिशु तथा सुरक्षित मातृत्व, बाल रोगको उपचार तथा रोगथाम, आमा समुह संचालन, स्वास्थ्य सम्बन्धी परामर्श र अभिलेखीकरण तथा प्रतिबेदन सम्बन्धी लगाएतका विषय बस्तुहरुको बारेमा जानकारी गराईएको आयोजकले जनाएको छ ।
दश दिन संचालन भएको तालिममा बोगटान फुड्सिल गाउँपालिका भरिका २७ जना र बडीकेदार गाउँपालिका भरिका १० जना महिला स्वास्थ्य स्वयंम सेबिकाहरुको सहभागिता रहेको थियो ।
तालिमको सहजिकरण पालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत जनस्वास्थ्य निरिक्षक र सिनियर अहेबहरुले गरेका थिए । तालिम फागुन १४ गते देखि २३ गते सम्म संचालन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *