सिड नेपालद्वारा महिला कर्मचारीलाई सम्मान

गणेश मौनी
२४ फागुन २०७९ ११:३५
सिड नेपालद्वारा महिला कर्मचारीलाई सम्मान

डोटी ।समान पहुच बिकास केन्द्र डोटी(सिड नेपाल)ले महिला कर्मचारीहरुलाई सम्मान गरेको छ ।
अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा बुधबार समान पहुच बिकास केन्द्र डोटी(सिड नेपाल) र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनामा कार्यरत महिला कर्मचारीहरुलाई सम्मान गरिएको परियोजना संयोजक सुनिल जोशीले बताए ।
परियोजनालाई सफल बनाउन महत्वपूर्ण भूमिका निबार्ह गरेकोले उच्च मुल्यांकन गरि कदर स्वरुप सम्मान गरिएको समेत संयोजक जोशीले बताए ।
समुदाय स्तरमा परियोजनालाई कार्यान्वयन गरी सफल पार्न महिलाहरुको भूमिका महत्वपूर्ण रहेको वल्र्ड भिजन ईन्टरनेशनल डोटीका गांगी बलायरले बताए । उनले भने हामीले घर परिवार सबैठाउँमा रहेका नारिहरुलाई समान रुपमा हेर्नुका साथै सम्मान र कदर गर्नुपर्ने समेत बलायरले बताए ।
सम्मानीन हुने महिला कर्मचारीहरुलाई सिड नेपालका अध्यक्ष यज्ञ राज जोशीले प्रमाण पत्र र सल ओढाएर सम्मान गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *