नेबिसंघले गर्‍यो होली बिशेष कार्यक्रम (भिडियो सहित)

पाँजलो न्युज
२२ फागुन २०७९ ८:२४
नेबिसंघले गर्‍यो होली बिशेष कार्यक्रम (भिडियो सहित)

डोटी– दिपायलमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ डोटीले होली विशेष कार्यक्रमको आयोजना गरेको छ । जिल्ला अध्यक्ष दिपेन्द्र सिंहले पार्टी सभापति सहित जिल्ला स्तरीय नेताहरुको सहभागितामा नेविसंघमा आवद्ध विधार्थीहरुसंग रंग अविर लगाएर शुभकामना आदान प्रदान गरिएको बताए । कार्यक्रममा कलाकारहरुको सांस्कृतीक प्रस्तुती समेत रहेको थियो । दिपायलमा विभिन्न विद्यालयका विद्यार्थीहरु होली बिशेष कार्यक्रममा सहभागि हुन आएका थिए ।

डोटीका अन्य क्षेत्रमा पनि होली पर्व धुमधामका साथ मनाइएको छ । डोटीको सानागाउँ , फूलोट, के.आई.सिंहको तिखात्तर लगायतका क्षेत्रमा परम्परागत रुपमा भेषभूषा पहिरन गरी भव्यरुपमा होली खेलिएको छ ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस होली पर्वलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *