गजलकार रोजीको मर्मस्पर्शी गजल

रोजी सिंह
१० फागुन २०७९ १५:१९
गजलकार रोजीको मर्मस्पर्शी गजल

म तय गर्दैछु मेरो गन्तव्य चिहान सम्मको

खासै भर भरोसा पनि छैन भोलि विहान सम्मको

 

अहिले ठिक छु, स्वस्थ छु, मस्त छु भन्न पनि कहाँ मिल्छ र

खै कसले कसलाइ बनाइदिन्छ कसको सिकार सम्मको

 

अस्पताल छ, डाक्टर छ,प्रविधि छ एक हद सम्म

जे भएनि कसले विरोध गर्न सक्छ र काल विमार सम्मको

 

जिउँदो हुँदा पो सर्वमान्य पागल ठहिरन्छ

कदर पनि त गरिन्छ यहाँ, मरेपछि विमार सम्मको

 

सामुन्नेमै तर्क, विचार, सुझाव माग्दा ठिक भन्नेले

पछाडि पो टाँजोपाजो मिलाउछन उसको लिलाम सम्मको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *