नेविसंघ डोटीले दियो संगठन विस्तारमा तिब्रता

पाँजलो न्युज
२ फागुन २०७९ १३:५०
नेविसंघ डोटीले दियो संगठन विस्तारमा तिब्रता
केदार ज्योतिपुञ्ज क्याम्पस विपीनगरमा नेविसंघको इकाइ

डोटी– लामो समयदेखि जिल्लामा निस्कृय रहेको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ डोटीले पछिल्लो समय संगठन विस्तारलाई तिब्रता दिएको छ । स्ववियूको निर्वाचन नजिकिदै गर्दा क्याम्पस तथा विद्यालयहरुमा संगठन विस्तारलाई तिव्रता दिएको जिल्ला अध्यक्ष दिपेन्द्र सिंहले बताए । उनले पहिलो चरणमा संगठन विस्तारलाई जिल्ला व्यापी गरिरहेको बताउँदै शिक्षा क्षेत्रको सुधारका लागि दोस्रो चरणमा विभिन्न रचनात्मक कार्य गर्ने योजना रहेको बताए । मंगलबारमात्रै नेविसंघ डोटीले केदार ज्योतीपुञ्ज क्याम्पस विपीनगरमा महेश बमको अध्यक्षतामा इकाइ गठन गरेको छ ।

पप माविको नेविसंघ इकाइ
दिल्पेश्वर माविको नेविसंघ इकाइ

अहिलेसम्म डोटी बहुमुखी क्याम्पस, पप माध्यामिक विद्यालय, दिल्पेश्वर क्याम्पस, कुमालीकोट मावि, केदार ज्योतिपुञ्ज क्याम्पस विपीनगरमा नेविसंघको इकाइ गठन गरिसकेको छ । डोटी बहुुमुखि क्याम्पस इकाइका विद्यार्थी नेता जेनिस बोहराले क्याम्पस तथा विद्यालयहरुमा संकाय अनुसारका इकाइ कमिटि गठनलाई जोड दिइएको जानकारी दिए ।
संगठन विस्तारका क्रममा नेविसंघप्रति विद्यार्थीहरुको उत्साहजनक सहभागिता बढ्दै गएकोमा खुसी व्यक्त गर्दै नेविसंघका पूर्व अध्यक्ष एवम् आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्काले स्ववियू निर्वाचनमा नेविसंघको जीत हुनेमा आफु विश्वस्त रहेको बताए । पूर्वअध्यक्ष खड्का समेत नेविसंघको इकाइ विस्तारका लागि विद्यार्थीनेताहरु संग खटिएका छन् ।

कुमालीकोट माविको नेविसंघ इकाइ
डोटी बहुमुखि क्याम्पसको नेविसंघ इकाइ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *