महाशिवरात्रीका अवसरमा

महाशिवरात्रीमा दुर्व्यसैनी न्यूनीकरण सम्बन्धी प्रशिक्षण

पाँजलो न्युज
१ फागुन २०७९ १४:४५
महाशिवरात्रीमा दुर्व्यसैनी न्यूनीकरण सम्बन्धी प्रशिक्षण
सोमबार पत्रकारहरुसंगको भेटघाट कार्यक्रमपछि सामुहिक तस्विर खिचाउदै व्रह्मकुमारी इश्वरीय विश्व विद्यालय प्रमुख जानकी दिदै ।

डोटी– महाशिवरात्रीको अवसरमा बढ्नसक्ने दुर्व्यसैनीका घटनाहरुलाई न्युनीकरण गर्न राजपुर दिपायल स्थित ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालयले जनचेतनामूलक गतिविधीहरु संचालन गर्ने भएको छ । सोमबार पत्रकारहरुसंगको भेटघाटमा विश्वविद्यालय प्रमुख जानकी दिदिले दुव्र्यसैनी न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिने, प्रचार प्रसार सामाग्रीहरु वितरण गर्ने तथा राजपुर देखि अछाम र बाजुरासम्म शिव लिङ्गको रथयात्रा गरेर महाशिवरात्री मनाउने कार्यक्रम तय गरिएको बताइन् । यस बर्षको महाशिवरात्रीमा ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयले दुव्र्यसैनी न्यूकीकरणका लागि देशव्यापी कार्यक्रमहरु आयोजना गरीरहेको छ ।
विश्वविद्यालयले फागुन ५ गते राजपुरमै प्रशिक्षण गर्नेछ भने ६ गते रथयात्राको तयारी थालेको छ । जानकी दिदिले प्रशिक्षकमा इच्छुक व्यक्तिहरुलाई स्वागत गर्न प्रतिक्षामा रहने बताइन् ।
भेटघाटमा जानकी दिदिले दुव्र्यसैनीका कारण समाजमा अशिष्टता र अमर्यादित क्रियाकलाप बढ्दै गएकाले त्यसको रोकथाम र नियन्त्रणमा सबै पक्ष अग्रसर हुनुपर्ने सुझाव दिइन् । महाशिवरात्रीका बेला भाङ्ग धतुरो खाने तथा अन्य दुव्र्यसैनी प्रयोग गर्नु पर्छ भन्ने गलत अर्थ लगाएर समाजमा भ्रम सृजना गरिएको उनको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *