कृष्णपुरका कम्लहरी तथा मुक्त कमैयालाई तरकारी तथा कृषि सामाग्री हस्तान्तरण

पाँजलो न्युज
२९ माघ २०७९ १२:०१
कृष्णपुरका कम्लहरी तथा मुक्त कमैयालाई तरकारी तथा कृषि सामाग्री हस्तान्तरण

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कम्लहरी तथा मुक्त कमैयालाई तरकारीको बिउ तथा कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।

आइतबार नगरपालिकाको कृषि शाखामा एक औपचारिक कार्यक्रममा बिच नगरप्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानाले सयुंक्त रूपमा कृष्णपुर नगरपालिकामा रहेका कम्लहरी तथा मुक्त कमैयाहरुलाई ६ प्रकारका बेमौसमी तरकारीको बिउ ,सिचाइको लागि एक थान हजारी र एकथान इलेक्ट्रीक स्प्रे हस्तान्तरण गरेका छन् । नगरपालिकाको कृषि शाखाले तालिममा सहभागी हुन इच्छुक कम्लहरी तथा मुक्त कमैयालाई २१ दिने सूचना जारी गरेको थियो ।

त्यसै सूचनाका आधारमा २१ दिनसम्म वडा न ३ र ६ का १ दर्जन कम्लहरी तथा मुक्त कमैयाले आवेदन दिएका थिए । तिनै दर्जन कम्लहरी तथा मुक्त कमैया आइतबार तरकारी खेती सम्बन्धि तालिममा सहभागी भएका थिए।

तरकारीको बीउ तथा कृषि सामाग्री हस्तान्तरणपछि नगरप्रमुख श्री हेमराज ओझाले कम्लहरी तथा मुक्त कमैया दाजुभाइ तथा दिदीबहिनीहरुको जीवन स्तर माथि उकास्न आफुले सक्दो प्रयास गरिरहेको बताए ।

नगरप्रमुखले कम्लहरी तथा मुक्त कमैयाहरुले व्यवसायीक तरकारी खेती गर्न चाहे नगरपालिका बीउ र मलखादमा अनुदान एवं सिचाइ तथा बजारीकरणमा सहयोग गर्न तयार रहेको बताए । नगरप्रमुख ओझाले नगरपालिका अधिकांश नागरिक कृषिमा निर्भर रहेका तर व्यवसायीक भन्दा निर्वाहमुखी मात्र भएकाले अब आधुनिक प्रविधिको प्रयोग गर्दै व्यवसायीक कृषि खेतीमा अगाडि बढ्नुपर्ने बताए ।

उनले किसानले दुख गरेर तरकारी उत्पादन गर्ने तर लागत अनुरुपको उपयुक्त मुल्य नपाउने गरेको भन्दै आफू नगरपालिकाका सम्पुर्ण किसानको समस्यालाई मध्यनजर गर्दै कोल्ड स्टोर निर्माणको तयारीमा लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *