संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न : सरकारले मतपत्र छाप्न सक्छ किताब छाप्न किन सक्दैन ?

पाँजलो न्युज
२९ माघ २०७९ १०:३५
संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न : सरकारले मतपत्र छाप्न सक्छ किताब छाप्न किन सक्दैन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले शैक्षिक सत्र सुरू हुनु अगावै विद्यार्थीहरुका लागि किताब उपलब्ध गराउन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख सचेतक शाहीले हिमाली जिल्लामा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने स्मरण गर्दै सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन रु यो प्रश्न हो’ प्रमुख सचेतक शाहीले भने, ‘छिटो भन्दा छिटो किताब उपलब्ध गराइयोस् ।’

संघीय संसदमा निशुल्क शिक्षाको कुरा भइरहने तर, विद्यार्थीले किताब नपाइरहने अवस्था बदलिनुपर्नेमा उनको जोड छ । हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ । फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ । तर, अहिले (माघ २९ गते)सम्म किताब नपुगेको भन्दै उनले छिटो भन्दा छिटो किताब उपलब्ध गराउन माग गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *