लुम्बिनीका मन्त्रीहरुको शपथ ग्रहणस्थलको मञ्च हावाहुरीले अस्तव्यस्त

पाँजलो न्युज
२९ माघ २०७९ ९:४३
लुम्बिनीका मन्त्रीहरुको शपथ ग्रहणस्थलको मञ्च हावाहुरीले अस्तव्यस्त

काठमाण्डौं । लुम्बिनीका नवनियुक्त मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा ढिलाइ भएको छ।

हावाहुरी आएर मञ्चका टेन्टहरु भत्काइदिएपछि शपथग्रहण हुन सकेको छैन।

प्रदेश सभाअघि शपथग्रहणका लागि मञ्च तयार भइसकेको छ।

तर हावाहुरीले टेन्टहरु भत्काउनुका साथै कुर्सीहरुरु अस्तव्यस्त पारेपछि दिउँसो १ बजेका लागि तय भएको शपथ ढिलाइ भएको हो।

अब केहीबेरमा हलभित्र शपथग्रहण गर्ने कार्यक्रम सुरु हुने प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरेले बताए।

प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरु माओवादी केन्द्रका जोखबहादुर महरा र इन्द्रजित थारु, एमालेका विष्णुप्रसाद पन्थी, दुर्गाप्रसाद चौधरी, तुल्सीराम शर्मा, राप्रपाका जानकीप्रसाद यादव र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई शपथ ग्रहण गराउँदै छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *