सुदूरपश्चिममा हाम्रो नेत्रित्वको सरकार बन्छ : सांसद बलायर

पाँजलो न्युज
२६ माघ २०७९ ८:३५
सुदूरपश्चिममा हाम्रो नेत्रित्वको सरकार बन्छ : सांसद बलायर

दिपायल – नेपाली काग्रेंसका सुदूरपश्चिम प्रदेश सभापति बिर बहादूर बलायरले सुदूरपश्चिममा चुनाव अघीकै गठबन्धनको सरकार बन्ने दावी गरेका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिहं रावलले बिश्वासको मत लिनका लागी बोलाइएको आजको प्रदेशसभा बैठक स्थगित भएपछि नेपाली काग्रेंस तथा नेकपा एकिकृत समाजवादी संसदिय दलको संयुक्त बैठकमा रहेका बलायरले पुरानै गठबन्धनको सरकार बन्ने दावी गरेका हुन् ।

अहिलेको सरकारमा संबिधान कुल्चनेहरुले सरकार चलाइरहेका छन् हामी संबिधानमाथी खतरा नहोस भन्ने चाहान्छौँ बलाउरले भने “देश अप्ठ्यारोमा परिसकेका कारण अहिले रेशम सहितको रिहाइलाइपनि खुकुलो पारिनुपर्छ तर सुदूरपश्चिमको सरकार बनाउन काग्रेंस संबिधानसम्मत तयारनै छ, हामी यहाँको गतिबिधिलाई नजिकबाट नियालिरहेको छु, संबिधान अनुसार जिम्मेवारी आए ढिलाई गर्दैनौँ हामी सरकार गठन गर्छौँ ।”

नेपाली काग्रेंस सुदूरपश्चिम संसदिय दलका नेता कमल शाहले २७ गते काग्रेंसको नेतृत्वमा सरकार गठन गरेर सुदूरपश्चिम प्रदेशलाई स्थायित्व दिने दावी गरे । यस्तो झमेलामा चलेको सरकारले बिश्वासको मत पाउने आधार नदेखेकै कारण बैठकनै धकेलिरहेको छ उनले भने “सत्तारुढ दलले कानुन बिपरित काम गरिरहेपनि नेपाली काग्रेंस एन, कानुनमा बाँधिएर अघी बढ्छ, सुदूरपश्चिमलाई स्थायित्व दिनेगरी हामी तयारीमा छौँ, सबै जनता ढुक्क रहनुहोला ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *