३ हजार ९ सय ८८ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयाेग

गणेश मौनी
२५ माघ २०७९ १५:५८
३ हजार ९ सय ८८ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयाेग

डाेटी । समान पहुच बिकास केन्द्र डोटीले डोटीमा ३ हजार ९ सय ८८ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा समान पहुच बिकास केन्द्रले डोटीको आदर्श गाउँपालिका, सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका कार्यक्षेत्रमा दर्ता गरिएका आर सि बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको समान पहुच बिकास केन्द्र डोटीका बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले बताउनु भयो ।
बालबालिकालाई अध्ययन प्रति रुचि र शैक्षिक गुणस्तर अभिबृद्धी गर्न सहज होस भन्ने हेतुले दर्ता गरिएका आर सि बालबालिका हरुलाई शैक्षिक सामाग्री बितरण गर्नुका साथै अभिभावक र बालबालिकाहरुलाई बालबिबाह न्यूनिकरण सम्बन्धी जानकारी गराईएको समेत संयोजक जोशीले बताउनु भयो ।
डोटीको आर्दश गाउँपालिकाका १ हजार ४ सय ९७ जना, सायल गाउँपालिकाका ७ सय ४४ जना, दिपायल सिलगढी नगरपालिकाका ६ सय जना, पुर्विचौकी गाउँपालिकाका ११ सय ४७ जना गरि ३ हजार ९ सय ८८ जनालाई गरि २९ लाख ५२ हजार ८ सय ६१ रुपयाँ बराबरको शैक्षिक सामाग्री बितरण गरिएको संस्थाले जनाएको छ । जसमा कक्षा ४ देखी माथीका बिद्यार्थिहरुलाई कापी, डडपेन बितरण गरिएको थियो भने ३ कक्षा भन्दा मुनिका बिद्यार्थिहरुलाई कापी, पेन्सील, ईरेजर, पेन्सील कटर बितरण गरिएको र कलर पेन्सील सिई डब्लु कार्यक्रम संचालन गर्ने समयमा बितरण गरिने योजना रहेको समेत संस्थाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *