डोटीमा प्रादेशिक महोत्सव फागुन ४ गते देखि हुने

पाँजलो न्युज
२५ माघ २०७९ ११:५६
डोटीमा प्रादेशिक महोत्सव फागुन ४ गते देखि हुने

डाेटी । डोटी चेम्बर अफ कर्मको आयोजनामा फागुन ४ गतेदेखि १४ गतेसम्म दिपायलमा प्रादेशिक महोत्सव लाग्ने भएको छ ।

ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने महोत्सवको उद्घाटन उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गर्नुहुने छ ।

डोटी चेम्बरले महोत्सवको तयारी तीव्र पारेको छ । महोत्सवको तयारी स्वरूप चेम्बरले मङ्गलवार सर्वपक्षीय छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरू, डोटी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नरेन्द्रबहादुर खड्का लगायतका विभिन्न व्यक्तिहरूसँग जिल्ला प्रशासन कार्यालय डोटीमा छलफल गरेको चेम्बरका अध्यक्ष खगेन्द्र साउदले जानकारी दिए।

११ दिनसम्म सञ्चालन हुने महोत्सवमा कृर्षि प्रदर्शनी, रमाइलो मेला, स्थानीय झाँकी लगायतका प्रस्तुति रहने चेम्बरका सचिव तेजबहादुर डुम्रेलले बताए।

महोत्सवले स्थानीय कला संस्कृति र व्यापार व्यवसायको परिवर्द्धन गर्ने आयोजकले जनाएको छ । आयोजकले व्यापार व्यवसायका लागी स्टल रहने पनि जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *