डोटीका युबा १८ दिनदेखि अत्तरियाबाट बेपत्ता

पाँजलो न्युज
१८ माघ २०७९ १०:१७
डोटीका युबा १८ दिनदेखि अत्तरियाबाट बेपत्ता

दिपायल – डोटीका २२ वर्षीय युवा १८ दिनदेखि बेपत्ता भएका छन् । जोरायल गाउँपालिका–४ तलालका भुवन कपड्याल कैलालीको अत्तरियाबाट बेपत्ता भएका हुन् ।

बेपत्ता भएका भुवनका भाई हिक्मतका अनुसार उनी एक साता अघि गोदावरी नगपालिका–२ तेघरीबाट बेपत्ता भएका हुन् । मानसिक रुपमा अस्वस्थ रहेका भूवनलाई उपचारको लागि जोरायलबाट कैलाली लगिएको थियो ।

बेपत्ता युवक भुवन क्रिकेट खेलाडी हुन् । उनी भारतको चण्डिगडमा ३ महिना देखि क्रिकेटको प्रशीक्षण गर्दै आएका थिए । यो भन्दा पहिले उनले धनगढी र काठमाडौंमा क्रिकेटको प्रशीक्षण लिइसकेका थिए ।

कपड्याल अचानक मानसिक समस्या आई बेपत्ता भएपछि परिवारहरु चिन्तित रहेको उनका भाइले बताए । उनलाई फेला पार्नुहुने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा ९८६८५३३५७३ मा सम्पर्क गरीदिनहुन परिवारले अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *