उद्यमशिलता सीप विकास सम्बन्धि चार दिने आधारभूत तालिम सञ्चालन

Paajalo News(सरिता कठायत )
६ माघ २०७९ ११:१४
उद्यमशिलता सीप विकास सम्बन्धि चार दिने आधारभूत तालिम सञ्चालन

सरिता कठायत                                                      डोटी / उद्यमशिलता सीप विकास सम्बन्धि चार दिने आधारभूत तालिम सञ्चालन भएको छ । महिला शक्ति विकास केन्द्र नेपालको आयोजनामा शुक्रबार दिपायलको घटाल होटेलमा चार दिने उद्यमशिलता सीप विकास सम्बन्धि आधारभूत तालिम सञ्चालन गरेको हो । महिला हरूको आयआर्जन तर्फ पहुँच पुर्‍याउने हेतुले देशभरि १२ वटा जिल्ला र सुदूरपश्चिमका डोटी डडेलधुरा गरि दुई जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ । आर्थिक रूपमा नगरपालिकालाई अगाडि बढाउन यस्ता खाले तालिम हरूको महिला हरूलाई आवश्यक रहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि खड्का विजयले बताएका छन्  । सीप छ भने मान्छेले केही न केही काम गरेर खाने गर्छ त्यसकारण दीर्घकालीन सीप सिकेर महिलाहरूले प्रयोगमा ल्याउनुपर्ने नगर प्रमुखको भनाइ रहेको छ । तालिममा मात्रै सहभागी भएर हुदैनन् तालिममा सिकेका कुराहरूलाई कार्यान्वयन गर्न समेत सहभागीहरूलाई आग्रह गरेका  छन् । महिलाहरू उद्यमशिलता सीप सँगै सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा पनि अगाडि बढाउनका लागि विगत ४ वर्ष लामो समयसम्म दिपायल सिलगढी नगरपालिका १ नम्बर वडा र ७ नम्बर वडामा कार्यक्रम सञ्चालन हुदै आइरहेको महिला शक्ति विकास नेपालका केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक कविता गुरूङले जानकारी गराइन् । नगरपालिकाका २ वटा वडालाई समावेश गरेर महिलाहरूका क्षमता अभिवृद्धिहुने कार्यक्रम विगत देखि संस्थाले गर्दै आएको महिला शक्ति विकास नेपालका क्षेत्रीय संयोजक तारा खातिले बताइन् । उनले संस्थाले समुदायमा रहेका महिलाहरूको पहुँचलाई हरेक क्षेत्रमा पुर्‍याउने हेतुले संस्थाले काम गर्दै आएको र समुहका महिलाहरूमा पनि विगत भन्दा आजभोलि हरेककुराहरूमा परिवर्तन भएको पाउँदा खुसी लागेको खातिले भनिन् । उक्त ४ दिने तालिममा दिपायल सिलगढी नगरपालिका १ नम्बर वडाका समूह बाट १६ जना र ७ नम्बर वडाका समूह बाट १४ जना गरि ३० जना सहभागीहरूको उपस्थिति रहेको महिला शक्ति विकास केन्द्र नेपाल डोटीमा कार्यरत मैना धामी भण्डारीले जानकारी गराएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *