दार्चुलाका नेपाली र धार्चुलाका भारतीय बीच ढुङ्गा हानाहान

पाँजलो न्युज
२० मंसिर २०७९ ८:०३
दार्चुलाका नेपाली र धार्चुलाका भारतीय बीच ढुङ्गा हानाहान

दिपायल – दार्चुलास्थित नेपाल-भारत जोड्ने महाकाली पुल पारीका भारतीय नागरिक र वारीका नेपाली बीच ढुङ्गा हानाहान भएको छ । विवाद आएपछि बन्द रहेको पुल पनः संचालनमा आएको छ। आइतबार साँझ महाकाली नगरपालिका-४ पुलघाटमा करिब ४ बजेतिर भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहान भएपछि पुल बन्द भएको थियो।

भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्य गरिरहेको छ। सोही तटबन्ध निर्माणको नेपाली नागरिकहरुले विरोध गरेपछि विवाद भएको थियो। विवादका क्रममा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुंगा प्रहार गरेका थिए।

प्रहरीका अनुसार अहिले दुई पक्षबीच वार्ता भइरहेको छ। वार्तापछि पुलबाट भने आवतजावत सुचारु भएको छ। महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ। भारतले पछिल्लो समय धमाधम तटबन्ध निर्माण गरिरहेको छ। नदीको सतह नै परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्नसक्ने भन्दै स्थानीय आन्दोलित बनेका छन्। भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउदै उनीहरुले आन्दोलन थालेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *