सरिता कठायत
डोटी / डोटी जिल्लामा युनिसेफले भूकम्प प्रभावितहरूलाई आवश्यक सामाग्री सहयोग गरेको छ । बुधबार राति २ बजेर १२ मिनेटमा आएको भूकम्पले खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्ने खप्तड बाबा आश्रमलाई केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प आउँदा डोटी जिल्लामा मानवीय क्षति भएको छ । पुर्वीचौकी गाउँपालिकाको ३ नम्बर वडामा ६ जनाको भूकम्पले घर भत्किएर मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । त्यसैगरी ३० घर जति पुर्ण रूपमा क्षति भएकन छन् । घाइतेहरू मध्य २ जना गम्भीर घाइतेहरूलाई धनगढीमा रेफर गरिएका थिए भने ६ जना सामान्य घाइतेहरूको जिल्ला अस्पतालमा उपचार पछि घर पठाएको हो । शनिबारमा फेरि ८:१२ बजेतिर आएको भूकम्पले धेरै स्थानीयतहमा घर भत्किएका छन्। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले सम्बन्धि स्थानीयतह र रेडक्रस सोसाइटी जिल्ला शाखा सँगको समन्वयमा सामाग्री वितरण गर्नुपर्ने निर्णय गरेकोले सो कुरालाई मनन गर्दै युनिसेफले सोमबार रेडक्रस सोसाइटी डोटी जिल्ला शाखालाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । प्रभावित बस्तीहरूको रेडक्रसले पहिचान गरिएका ठाउँहरूमा तुरुन्त सामाग्री हस्तान्तरण गर्ने हेतुले संस्थाले ३ सय ५० त्रीपाल,४ सय ८ पानिखाने जार,३ सय प्युस,४ सय बाल्टिन ३ सय, जग ३ सय र प्रभावित वस्तीको सहजताका लागि अस्थाई चर्पीका सामाग्री हस्तान्तरण गरिएको छ । सामाग्री हस्तान्तरण गर्ने क्रममा पुर्वीचौकी गाउँपालिका १ खिरशैनमा ५० सेट , वडा नं ३ गैरागाउंमा ६० सेट, वडा नं ४ सानागाउंमा ४० सेट ,वडा नं ५ उपरकाडांमा ३० सेट , वडा नं ६ गाजरीमा २० सेट गरि जम्मा २ सय सेट जिल्ला रेडक्रसले पुर्वीचौकी उपशाखामा सामाग्री पठाएको थियो । वडा नं ३ र ६ मा भोलि वितरण गरिने जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष लक्ष्मण कुवरले बताएका छन् । उनले जिल्लामा विपदको बेला युनिसेफले सधैं साथ दिदै आएको र आगामी दिनमा पनि यसरी नै संस्थाले सहकार्य निरन्तरता दिन कुवरले संस्थालाई आग्रह गरेका छन् । त्यसैगरी सायल गाउँपालिकामा प्रभावित क्षेत्रका लागि १५० सेट सामाग्रीहरू भोलि नै पठाउने व्यवस्थापन गरिएको समेत जानकारी गराए ।
प्रतिक्रिया