अटाल दर्शन एन्ड मार्केटिङ सेन्टर का संचालक नवराज जोशीले बिगत २ दशकदेखि डोटीको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा व्यापार गर्दै आउनु भएको बताउछन । उनले यस ठाउँमा व्यापार गर्दै आएको करीब २२/२३ बर्ष भएको बताए । उनि बिगतका बर्षहरुमा तिहार नजिकीदै गर्दा आफ्नो पसलमा सामान ब्यापार गर्नका लागी भ्याईनभाई हुने गर्थ्यो ।अहिले भने व्यापार नै नभए पछि उनि अहिले निरास भएर पसलमा बस्ने गर्दछन । तिहार त आयो तर ग्राहक आएनन् ब्यापारी जोशीले बताए । अहिले पनि उनको पसल बिगतका बर्ष झैं झिलीमिली भएको देखिन्छ । उनले तिहारका लागी चाहिने सम्पुर्ण सामानहरु ल्याई सकेका छन । तर व्यापार भने भएको छैन । उनि व्यापार नभए पछि निरास भएका हुन ।
तिहारको बेलामा सुनसान पिपल्ला बजार यति बेला व्यापारी नवराज जोशी मात्रै निरास छैन्न उनि लगायत अन्य व्यापारीहरु पनि निरास भएको देखिन्छ। तिहारको बेलामा दिप कमल फेन्सी हाउसका संचालक शुरेस पनेरू पहिले तिहारमा लुगा बेचन लाई भ्याईनभ्याई हुने गर्थे तर यो साल भने घाम तापेर बस्नु परेको बताउँछन । बजारमा अहिले मान्छे अवातजावत गर्ने पनि निकै कम देखिन्छन । र आएका मानिस पनि रित्तै हात घर फर्किएको देखिएको उनले बताए । तेस्तै अर्का ब्यापारी हिमालयन फेन्सी एन्ड ब्याग हाउस का संचालक राम प्रसाद चौधरी (रामु) ले पसल सामानले भरिभराउ गरिएको छ तर ग्राहक भने सुक्को नभएको बताए उनी भन्छन। तिहार जस्तो तिहार आएन। गत असोज २० गते देखि २५ गते सम्म भएको अविरल बर्षाका कारण गाउँतिरका बाटाघाटाहरु अवरुध भए पछि गाउँबाट आउने व्यापारीहरु बजारमा आउन नपाउँदा व्यापार नभएको हुन सक्कने ब्यापारीहरु को आँकलन रहेको छ ।तर अहिले स्थानिय तहका जनप्रतिनिधहरु बाटो संचालन गर्नका लागी आलटाल गर्ने गरेको व्यापारीहरुको गुनासो रहेकोछ।
प्रतिक्रिया