सुदुरपश्चिम का तिन जिल्लामा खाद्यान्न संचित (बचत)

गणेश मौनी
५ कार्तिक २०७९ १३:०२
सुदुरपश्चिम का तिन जिल्लामा खाद्यान्न संचित (बचत)

डोटी, आर्थिक वर्ष २०७८÷०७९ मा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डोटी जिल्लामा मात्रै खाद्यान्न संचित (बचत) रहेको देखिन्छ ।
सुदुरपश्चिम प्रदेशका दुई तराईका जिल्ला र सात पहाडी जिल्लामध्य पहाडमा डोटीमात्र खाद्य संचित गर्ने जिल्लाको रुपमा रहेको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए ।
उनले भने धान, मकै, गहुँ, जौं, कोदो र फापरको उत्पादनका आधारमा खाद्यान्न वासलात निकाल्दा सुदूरका तिन जिल्ला मात्र खाद्य संचित जिल्लाको रुपमा रहेका बताए ।
कृर्षि ज्ञान केन्द्र डोटीले दिएको जानकारी अनुसार प्रति वर्ष प्रति ब्यक्ती आवश्यक खाद्यान्न तराईमा १८१ केजी, मध्य पहाडमा १९१ केजी र उच्च पहाडमा २०१ केजी रहेको छ सोही अनुरुप जनसंख्यालाई आधार मानी जिल्लाको उत्पादीत खाद्यान्नलाई तुलना गरिएको थियो ।
जिल्लाको खाद्य उत्पादीत तथा संचितको अवस्था अनुसार कंचनपुर जिल्लामा एक आर्थिक बर्षमा जिल्लाको बार्षिक आवश्यक खाद्यान्न ९३ हजार ६ सय ९३ मेट्रीकटन थियो जिल्लामा १ लाख ४५ हजार ९ सय ८१ मेट्रीकटन उत्पादीत हुदाँ ५२ हजार २ सय ८८ मेटी«कटन खाद्यान्न संचित रहेको देखिन्छ । त्यस्तै कैलाली जिल्लामा पनि एक आर्थिक बर्षमा जिल्लाको बार्षिक आवश्यक खाद्यान्न १ लाख ६० हजार ५ सय ५२ मेट्रीकटन थियो जिल्लामा १ लाख ७६ हजार ३ सय ४९ मेटी«कटन उत्पादीत हुदाँ १७ हजार ७ सय ९७ मेट्रीकटन खाद्यान्न संचित रहेको देखिन्छ ।
डोटी जिल्लामा पनि एक आर्थिक बर्षमा जिल्लाको बार्षिक आवश्यक खाद्यान्न ३९ हजार २ सय ८५ मेटी«कटन थियो जिल्लामा४३ हजार ८ सय ३२ मेट्रीकटन उत्पादीत हुदाँ ४हजार ५ सय ४७ मेटी«कटन खाद्यान्न संचित रहेको देखिन्छ त्यस्तै अन्य पहाडी जिल्लाहरुमा भने आवश्यकता भन्दा कम उत्पादन भएको पाईन्छ । तथ्यांक अनुसार बैतडी जिल्लामा पनि एक आर्थिक बर्षमा जिल्लाको बार्षिक आवश्यक खाद्यान्न ४६ हजार ६ सय ८० मेटी«कटन थियो जिल्लामा ३५ हजार ८ सय ५१ मेट्रीकटन उत्पादीत हुदाँ १० हजार ३ सय ७२ मेटी«कटन खाद्यान्न अभाव भई बाहीरबाट आपुर्ति गर्नु परेको देखिन्छ ।
अछाम जिल्लामा पनि एक आर्थिक बर्षमा जिल्लाको बार्षिक आवश्यक खाद्यान्न ५५ हजार ८ सय ३८ मेटी«कटन थियो जिल्लामा ५० हजार २ सय १३ मेट्रीकटन उत्पादीत हुदाँ ५ हजार ६ सय २५ मेटी«कटन खाद्यान्न अभाव भई बाहीरबाट आपुर्ति गर्नु परेको देखिन्छ । त्यस्तै डडेलधुरा जिल्लामा पनि एक आर्थिक बर्षमा जिल्लाको बार्षिक आवश्यक खाद्यान्न २६ हजार ६ सय २९ मेटी«कटन थियो जिल्लामा २६ हजार ३ सय ४८ मेट्रीकटन उत्पादीत हुदाँ २ सय ८१ मेटी«कटन खाद्यान्न अभाव भई बाहीरबाट आपुर्ति गर्नु परेको देखिन्छ ।
बाजुरा जिल्लामा पनि एक आर्थिक बर्षमा जिल्लाको बार्षिक आवश्यक खाद्यान्न २७ हजार ९ सय ३९ मेटी«कटन थियो जिल्लामा २४ हजार ३ सय ४ मेट्रीकटन उत्पादीत हुदाँ ३ हजार ६ सय ३५ मेटी«कटन खाद्यान्न अभाव भई बाहीरबाट आपुर्ति गर्नु परेको देखिन्छ ।
बझाङ जिल्लामा पनि एक आर्थिक बर्षमा जिल्लाको बार्षिक आवश्यक खाद्यान्न ३८ हजार ८ मेटी«कटन थियो जिल्लामा ३६ हजार ७ सय ८ मेट्रीकटन उत्पादीत हुदाँ १ हजार ३ सय १ मेटी«कटन खाद्यान्न अभाव भई बाहीरबाट आपुर्ति गर्नु परेको देखिन्छ । त्यस्तै दार्चुला जिल्लामा पनि एक आर्थिक बर्षमा जिल्लाको बार्षिक आवश्यक खाद्यान्न ३७ हजार १सय ४६ मेट्रीकटन थियो जिल्लामा २२ हजार १ सय ७० मेट्रीकटन उत्पादीत हुदाँ ४ हजार ९ सय ७६ मेटी«कटन खाद्यान्न अभाव भई बाहीरबाट आपुर्ति गर्नु परेको देखिन्छ ।
समग्रमा सुदुरपश्चिम प्रदेशको खाद्यान्न र आपुर्तिको अवस्था हेर्दा ४८ हजार ४ सय ४१ मेटी«कटन खाद्यान्न संचित रहेको देखिन्छ ।
पछील्लो समयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गरिएको लकडाउन र भारतले लगाएको नाकाबन्दीको समयमा अधिकांश नेपालीहरुले कृषिको महत्व थाहाँ पाउनुका साथै कृर्षि पेशामा ब्यवसायीक रुपमा युवाहरुको आकर्षण बढ्नुका साथै अधिकांश युवाहरुले खाद्यान्न लगाएत अन्य नगदेबाली, तरकारी खेती, फलफुल खेती तिर पनि ब्यवसाय गर्दै आईरहेका समेत ज्ञान केन्द्र प्रमुख पनेरुले बताए ।
पछील्लो समयमा स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले कृर्षिमा लगानी गर्नुका साथै अनुदानका कार्यक्रमहरुलाई पनि प्राथमिकता दिएको पाईन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *