बोगटान रनिङ शिल्ड सिमचौरको पोल्टामा

३ कार्तिक २०७९ १३:५४
बोगटान रनिङ शिल्ड सिमचौरको पोल्टामा

बोगटान फुड्सिल गाउँपालिका स्तरीय चौथो रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको शिल्ड सिमचौरले हात पारेको छ ।
वडा नम्बर ६ ले आयोजना गरेको पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको सिल्ड केदार अखडालाई पराजित गर्दै सिमचौरले प्रथम स्थान हात पारेको हो । त्यस्तै गरी द्धितीय, केदार अखडा र तृतीय आयोजक गगुडा टिम भएको थियो ।
पालिकास्तरीय भलिबल प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको वडा नम्बर ७ का वडा अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष श्याम बोगटीले बताए ।                       
खेलकुदका कार्यक्रमले खेल क्षेत्रलाई सहयोग पुग्नुका साथै एक आपसमा युवाहरु बिचको सम्बन्ध प्रगाढ हुन समेत सहयोग पुग्ने बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्ष बिस्नादेबी बमले बताईन् । कार्यक्रमको प्रमुख अथिती समेत रहेकी बमले बताईन् खेलकुदका कार्यक्रमलाई पालिकाले निरन्तरता दिने समेत बताईन् ।
प्रतियोगितामा प्रथमलाई शिल्ड सहित नगद ६० हजार मेडल र प्रमाणपत्र, द्धितृयलाई नगद ३५ हजार मेडल र प्रमाण पत्र, तृतियलाई नगद २० हजार मेडल र प्रमाण पत्र उपलब्ध गराएको थियो भने सहभागि टिमहरुलाई मेडल र प्रमाण पत्र उपलब्ध गराएको कार्यक्रम संचालक एवं स्वास्थ्यकर्मि शिशिर बोगटीले बताए ।
कात्तिक १ देखी आज सम्म संचालन भएको प्रतियोगितामा गाउँपालिकाका जनप्रतिनिधी, विभिन्न संघ संस्थाका कर्मचारी स्थानियको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *