कैलाली–४ मा कस्ले मार्ला बाजी !

पाँजलो न्युज
२५ असोज २०७९ ११:५०
कैलाली–४ मा कस्ले मार्ला बाजी !

कैलाली ४ दुई ह्याविवेट नेताको उम्मेदवारी परेकाले प्रतिनिधी सभाको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको छ। कैलाली ४ बाट प्रतिनिधी सभातर्फ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन्। भने एमालेबाट लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन्। दुबै ह्याबिवेट नेता प्रतिनिधी सभाको निर्वाचनमा आमनेसामने चुनाबमा भिड्ने भएका छन् ।

देउवाका बिश्वास पात्र मानिने बलायर २०६४ सालमा पहिलो संविधान सभामा डोटी १ बाट चुनाव लडेका थिए। त्यतीबेला दुई ओटा निर्वाचन क्षेत्र रहेको डोटीमा एमालेका हर्क बहादुर सिँहसँग बलायरले चुनाव हारेका थिए। २०७० संविधानसभा निर्वाचनमा डोटीबाट निर्वाचित भएर संघीय भौतिकमन्त्री बनेका थिए। २०७४ को निर्वाचनमा भने बलायर पराजित भए। उनी बाम गठबन्धनका प्रेम बहादुर आलेसंग १ हजार ६ सय ३२ मतले हारेका हुन्। आलेले ३२ हजार ५१० र बलायरले ३० हजार ८७८ मत ल्याएका थिए। बलायर हाल नेपाली कांग्रेसका प्रदेश सभापति रहेका छन्।

सत्ता गठन्धनबाट डोटीमा एकीकृत समाजवादीसका प्रेम आले उम्मेदवार बन्ने भएपछि बलायर कैलाली ४ बाट संघमा प्रतिस्पर्धा गर्न लागेका हुन्। २०७४ को निर्वाचनमा पराजितपछि बलायर यसपटक कैलाली ४ मा संसदको यात्रा तय गरेर अगाडी बढ्ने तयारीमा जुटेका छन् । यस्तै एमालेका सचिव लेखराज भट्ट २०६४ र २०७४ निर्वाचनमा ४ नम्बरबाटै निर्वाचनमा विजयी भएका थिए । ०६४ सालमा कांग्रेस नेता दीर्घ भाटलाई उनले पराजित गरेका थिए । भट्टले त्यसबेला १७ हजार ७९७ मत ल्याएका थिए। उनी पहिलो पटक पुष्पकमल दाहाल प्रतण्ड नेतृत्वको सरकारमा श्रममन्त्री बनेका थिए। त्यसपछि बाबुराम भट्टराईको नेतृत्वको सरकारमा बाणिज्य आपुर्ती मन्त्रीको जिम्मेबारी समाले।

२०७० को निर्वाचनमा कांग्रेस नेता दीर्घ भाटसँग कैलाली(४ बाटै पराजित भएका थिए । भाटले १६ हजार ३४६ मत र भट्टले ११ हजार ३४ मत ल्याएका थिए । २०७४ को चुनावमा कैलाली ४ बाट नेकपा एमालेको समर्थनमा बिजयी भए । भट्टका प्रतिस्पर्धी सुनिल भण्डारीले २० हजार ९ सय ६० र बाम गठबन्धन समेत रहेका भटटले ३१ हजार ३५९ मत ल्याएका थिए । लेखराज भट्ट तत्कालीन नेकपाका तर्फबाट निर्वाचित भएका थिए । नेकपा विभाजनपछि उनी एमालेमा रहे र हाल नेकपा एमालेका केन्द्रीय सचिव छन् । उनी पटक(पटक मन्त्री भइसकेका छन् । अब भट्ट यसपटकको जितको ह्याट्रीक हान्ने दाउमा छन् । त्यसकारण पनी कैलाली(४ दुबै ह्याविवेट नेताको उम्मेदवारी परेकाले प्रतिनिधी सभाको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *