
डोटी, शिखर नगरपालिका वडा नम्बर ७ उजेली गाउँमा रहेको प्राचीन एवं ऐतिहासीक शिखर शैलीको देवलको बुधबार जिल्ला अदालत डोटीका जिल्ला न्यायधीस मा.शिबलाल पाण्डे र डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सरसफाई गरेका छन् ।
सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी बल ३६ नम्बर गण दिपायलका सशस्त्र प्रहरी उपरिक्षक बीर सिंह शाहु, जिल्ला अनुसन्धान कार्यालय डोटीका प्रमुख प्रहरी नायब उपरिक्षक दिगम्बर गिरी, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक भोला कुमार भट्ट र अन्य सुरक्षाकर्मिहरुहरु रहेका थिए ।
प्रतिक्रिया