बार्षीक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

पाँजलो न्युज
१३ असोज २०७९ १२:२८
बार्षीक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

गणेश मौनी
स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको बार्षिक समिक्षा तथा योजना तजुमा गोष्ठी बिहीबार जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ ।
डोटीका नौ वटै स्थानिय तहका स्वास्थ्य संयोजक एवं प्रतिनिधीहरुको सहभागिता रहेको गोष्ठीमा जिल्लाको स्वास्थ्यको अवस्था, सिकाई, चुनौती र भाबि रणनितीको बारेमा छलफल गरिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाईजर सुर्य बिष्ठले बताए ।
डोटी जिल्लाको स्वास्थ्य क्षेत्रको बारेमा सबै निकाय सम्बेदनशिल हुन आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । उनले भने स्वास्थ्य क्षेत्र संग आम नागरिक प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा संलग्न हुन्छन त्यसैले यस क्षेत्रमा लापरबाही गर्ने छुट कसैलाइ छैन् । स्थानियतहका स्वास्थ्य संयोजकहरुले आफ्नो पालिकामा स्वास्थ्य क्षेत्रमा बजेट बिनियोजनको लागि पहल गर्नुपर्ने, स्वास्थ्य अवस्थाको बारेमा नियमीत रुपमा अनुगमन गर्नुका साथै सहजिकरण गर्न आवश्यक रहेको समेत समन्वय प्रमुख सिंहले बताए ।
स्वास्थ्य सम्बन्धीका विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय प्रतिबद्धता र सुचकहरुमा सुदुरपश्चिम प्रदेश पछाडी रहेको स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. जगदीस जोशीले बताए । उनले भने हामी पछाडी छौ भन्दैमा चिन्ता गर्नुपर्ने अवस्था छैन हामी अहिले २,३ गीयरमा छौ अब ४,५ गिएरमा जानुपर्छ सबैको सक्रियता र सहयोगले सम्भब छ ।
हामी सबैको यउटै लक्ष्य भनेको आम नागरिकलाई छीटो छरीतो, गुणस्तरीय स्वास्थ्य सेवा दिने हो त्यसैले सबै निकाएको सहयोगमा गुणस्तरीय सेवा प्रबाह गर्न सकीने समेत बताए ।स्थानिय सरकार जिल्ला र प्रदेश स्वास्थ्य निर्देशनालय एक आपस बिचको समन्वयको क्षेत्र बढाउन आवश्यक रहको समेत क्षेत्रिय निर्देशक जोशीले बताए ।
डोटीमा विभिन्न चुनौतिका बाबजुत पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह गर्न स्वास्थ्यकर्मिहरुको टिम लागिरहेको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख डिल्लीरमण जोशीले बताए । उनले भने समग्र डोटीको स्वास्थ्य अवस्था हेर्दा राष्ट्रिय सुचकहरुमा केही स्थानिय तह पछाडी रहेपनी तुलनात्मक रुपमा सन्तोषजनक रहेको बताए ।
स्वास्थ्य कार्यालय अन्र्तरगत बिनियोजित रकम स्वास्थ्यका कार्यक्रमहरुलाई भन्दा अन्य भौतिक संरचना निमार्ण गर्न संस्थाको बिज्ञता भन्दा बाहीरको क्षेत्रमा बढी प्राथमीकता दिई बजेट बिनियोजित गरिएको कार्यक्रम संचालनमा बजेट अभाव रहेको, प्रदेश आपुर्ति केन्द्रले स्वास्थ्य सामाग्री बितरण गर्दा चेन अफ कमान अनुसार आपुर्ति केन्द्रले जिल्ला मार्फत स्थानिय तह , वडा र बस्तीमा सामाग्री बितरण गर्न आवश्यक रहेको सुझाब समेत दिएका छन् ।

ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मिलाई भगवान जस्तै मान्ने भएकाले स्वास्थ्यकर्मि पनि जिम्मेबार हुन आवश्यक रहेको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले बताए । उनले भने हामी जिल्ला अस्पताल डोटीको हरेक पक्षमा सुधार गर्न अघाडी बढीरहेका छौ सबै निकाएको सहयोग महत्वपूर्ण हुने बताए ।
बार्षिक समिक्षा कार्यक्रमको अवसरमा डोटीका नौ वटै स्थानिय तहका स्वास्थ्य शाखाहरुलाई स्वास्थ्य कार्यालय डोटीले पुरस्कृत समेत गरेको थियो ।
जिल्लाको समग्र स्वास्थ्य प्रणाली सुदृढ गरि यहाँका आम नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउनु भएकोले पुरस्कृत गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *