स्वास्थ्य द्धारा वार्षीक समिक्षा तथा योजना तर्जुमा गोष्ठीको आयोजना

पाँजलो न्युज
१२ असोज २०७९ १६:२१
स्वास्थ्य द्धारा वार्षीक समिक्षा तथा योजना तर्जुमा गोष्ठीको आयोजना

गणेश मौनी
असोज १२ डोटी
स्वास्थ्य कार्यालय डोटीले बार्षिक समिक्षा तथा योजना तजुमा गोष्ठीको बुधबार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको छ
डोटी जिल्लामा रहेका सम्पूर्ण सरकारी स्वाथ्य संस्था र स्थानीय तह अन्र्तगतका स्वास्थ्य संस्थाहरुले वर्ष भरिमा गरेका क्रियाकलाप, भोक्नु परेका चुनौती र भाबि योजनाको बारेमा छलफल गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख डिल्लीरमण जोशीले बताए ।
स्वास्थ्य कार्यालयको सभाहलमा चलेको गोष्ठीमा डोटी जिल्लाको समग्र स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउदै निमित्त प्रमुख जोशीले स्वास्थ्य जस्तो संम्बेदनशिल विषयमा सबै सरोकारवाला निकाएहरुको ध्यान जान आवश्यक रहेको बताए । उनले भने पालिकाहरुले आफ्नो डाटा कभरेज भन्दा पनि सेवाको कभरेजको बारेमा ध्यान दिन आवश्यक रहेको बताए ।
गोष्ठीको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिती समेत रहेका जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले आफुले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमीकताका साथ लिने गरेको यस क्षेत्रमा कसैले पनि खेलवाड गर्न नहुने बताए । जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा सुधार गर्न सम्बन्धीत क्षेत्रमा थप पहल गर्ने समेत बताए ।
जिल्ला अस्पतालले प्रबाह गर्ने सेवा सुबीधालाई थप गुणस्तरीय बनाउन पहल गरिरहेको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले बताए । उनले भने हामी सेवालाई थप बिस्तारको बाटोमा गईरहेका छौ सबैले सहयोग गर्नुपर्ने बताए ।
बुधबार र बिहीबार २ दिन सम्म चल्ने गोष्ठीमा डोटी जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखा संयोजक एवं प्रतिनिधीहरु, गैरसरकारी संघ संस्था, पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *