डोटीमा गठबन्धन नमान्ने काँग्रेसको निर्णय

पाँजलो न्युज
११ असोज २०७९ १४:०४
डोटीमा गठबन्धन नमान्ने काँग्रेसको निर्णय

डोटी, डोटी जिल्लाका सम्पुर्ण पालीकाका सभापतिहरुले गठबन्धनको पक्षमा नरहने निर्णय गरेका छन । नेपाली कांग्रेस दिसिनपा सभापति गणेश मलासिको अध्यक्षतामा बसेको बैठकले ९ ओटै पालिकाका सभापति तथा प्रतिनिधिहरुको भेलाले गठबन्धनको पक्षमा नरहको निर्णय गरेको हो । मंगलवार डोटीको सिलगढीमा बसेको पालिका सभापतिहरुको वैठकले उक्त निर्णय गरेको केआईसिंह गाउँपालीकाका सभापति अर्जुन बलायरले जानकारी दिनु भएको छ ।

डोटी काँग्रेसको भावना बिपरित गठबन्धन लागेमा नमान्ने र निर्वाचनमा प्रचार  प्रसार तथा भोट माग्न समेत नजाने निर्णय गरेको छ ।

डोटी स्थानीय निर्वाचनको मत परिणाम हेर्दा बलियो रहेको र काँग्रेसको गड भएको हुँदा आफुहरुले टिकट पाउनु पर्ने काँग्रेसको माग छ । केन्द्रमा काँग्रेसले टिकट नपाउने सम्भावना देखिए पछि नेपाली काँग्रेस डोटीका नेता कार्यकर्ता आक्रोशसित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *