सुदुरपश्चिम प्रदेशमा साढे ११ हजार म्यादी प्रहरी खटाइने

मोहन पनेरु
१० असोज २०७९ १२:२६
सुदुरपश्चिम प्रदेशमा  साढे ११ हजार म्यादी प्रहरी खटाइने

धनगढी । अगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा करिब साढे ११ हजार म्यादी प्रहरी खटाइने भएका छन ।
प्रदेशको नौ वटै जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सुरक्षाका लागि ११ हजार ५ सया ७८ जना म्यादी प्रहरी खटाइने सुदूपशिचम प्रदेश प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार डोटीमा नौ सय ५३,  अछाममा एक हजार दुई सय ६८,बाजुरामा सात सय ४९, डडेल्धुरामा नौ सय ३७ जना म्यादी प्रहरी खटाइने छन । यस्तै बैतडीमा एक हजार एक सय ९१, दार्चुलामा  आठ सय २९, बझाङमा एक हजार एक सय ८८, कैलालीमा दुई हजार आठ सय १२ र कञ्चनपुरमा एक हजार छ सय ३२ जना म्यादी प्रहरी खटाउने कोटा छुट्याइएको छ ।

गत भदौ ३० गतेसम्म म्यादी प्रहरीको लागि खुलेको भर्नामा सुदूरपश्चिम प्रदेशमा  २४ हजार  ५ सय १६ जनाले आवेदन दिएका थिए । त्यसबाट ११ हजार ५ सय ७८  जना छनोट गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *