खप्तड-शैलेश्वरी गोल्ड कप २०७९ को फाइनलमा कैलाली

कृष्ण मलासी
९ असोज २०७९ १४:३९
खप्तड-शैलेश्वरी गोल्ड कप २०७९ को फाइनलमा कैलाली
डोटी, डोटीमा भइरहेको सुदूरपश्चिम प्रदेश स्तरिय खप्तड-शैलेश्वरि गोल्ड कप २०७९ खेलमा कैलाली र डडेल्धुरा बिच भएको खेलमा कैलाली  विजय भएको छ। आज सेमिफाइनलका लागी भएको खेलमा कैलालीले डडेल्धुरालाई ३-१ गोलले पराजित गर्दै कैलाली फाइनलमा प्रवेश गरेको छ।   
त्यस्तै हिजो डोटी र भैरव प्रसाद गण बिच भएको सेमिफाइनल खेलमा भैरव प्रसाद गण ले डोटीलाई ५ -२ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। भोलि हुने फाइनल खेलकालागी भैरव प्रसाद गण र कैलाली  बिच प्रतिस्पर्धा हुने छ।  गोल्ड कपमा प्रथम हुनेलाई १ लाख, दोस्रो हुनेलाई  ५० हजार सहित ट्रफि र प्रमाणपत्र  प्रदान गरिने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *