डाेटीमा प्रदेश स्तरिय खप्तड-शैलेश्वरी गाेल्डकप २०७९ सुरू

कृष्ण मलासी
८ असोज २०७९ ५:०७
डाेटीमा प्रदेश स्तरिय खप्तड-शैलेश्वरी गाेल्डकप २०७९ सुरू

डोटी, हिन्दुहरुको महानचाँड वडा दशै तथा दिपावलीको पावन अवसर पारी डोटीमा प्रदेश स्तरिय खप्तड-शैलेश्वरी गाेल्डकप २०७९ आजदेखि डाेटीमा सुरू भएकाे छ । असाेज ८ देखि १० गतेसम्म संचालन हुने गाेल्डकप फुटबल प्रतियोगितामा पहिलाे खेल कैलाली र बाजुराकाे टिम बीच भइरहेकाे छ ।

दिपायल सिलगढी नगरपालिका ,वडा नम्बर ६, भैरव प्रसाद गण सिलगढी र जिल्ला अस्पताल डाेटीकाे संयुक्त आयाेजनामा संचालन भइरहेकाे फुटबल प्रतियाेगितामा ७ वटा टिम रहेका छन् ।

पहिलाे चरणका खेलहरू नकआउट सिष्टममा खेलाइने र खेल समय ३५ मिनेटकाे रहने आयाेजकले जानकारी दिएकाे छ । प्रतियोगितामा कैलाली, डाेटी, अछाम, बाजुरा, डडेल्धुरा, उद्योग बाणिज्य संघ, भैरव प्रसाद गणका टिम रहेका छन् ।

गाेल्डकप प्रतियाेगितामा प्रथम हुने टिमलाई नगद रु १ लाख तथा ट्रफि र द्वितीय हुने टिमलाई नगद रु५० हजार तथा ट्रफि पुरस्कार रहेकाेभैरब प्रसारद गणका गणपति जनमत कार्कीले बताएका छन। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिं खड्काले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *