प्रथम पालिका स्तरीय फुटबलको उपाधि शिखर नगरपालिकालाई

कृष्ण मलासी
७ असोज २०७९ १५:०८
प्रथम पालिका स्तरीय फुटबलको उपाधि शिखर नगरपालिकालाई

असोज ७ गते डोटी-प्रथम पालिका स्तरीय जनप्रतिनिधि तथा कर्मचारी सद्भावना पुरुष फुटबल प्रतियोगिताको उपाधि शिखर  नगरपालिकाले हासिल  गरेको छ ।

दुबै टिम बराबरीमा पुगे संगै पेनाल्टी सुट आउटमा दिपायल सिलगढी नगरपालिकालाई शुक्रवार १–० गोल गर्दै शिखर नगरपालिकाले उपाधिमाथि कब्जा जमाएको हो ।

यसअघि भएको पहिलो लिग खेलमा जोरायल गाउँपालिकालाई ५–० गोल गरी शिखर नगर पालिका फाइनलमा पुगेको थियो । दोस्रो लिग खेलमा जोरायल गाउपलिकालाई ३–१ गोलले पराजित गरी आयोजक दिपायल सिलगढी नगरपालिका फाइनलमा पुगेका थिए ।

प्रतियोगिताको उपाधि विजेता टिम शिखर नगरपालिकाले नगद ४० हजार रुपैयाँ, ट्रफि तथा प्रमाणपत्र हात पार्र्याे । आयोजक उपविजेता दिपायल सिलगढी नगरपालिकाको टिमले नगद २५ हजार रुपैयाँ, ट्रफि तथा प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै पालिका स्तरीय फुटबल खेलमा सर्बाधिक गोलकर्ता पुष्कर भट्ट भएका थिए । त्यस्तै उत्कृष्ट गोलकिपर राजेश मलासी र सर्बोत्कृष्ट खेलाडी शेष नगरकाेटि भएका थिए । तिनै जनालाई प्रमाणपत्र ,मेडल प्रदान गरिएको थियो ।

फुटबल खेलमा सहभागी टिम,रेफ्रि तथा सहयोगीलाई प्रमाणपत्र पत्र प्रदान गरिएको थियो ।

असोज ५ गतेदेखि सिलगढीको टुँडिखेलमा सञ्चालन गरिएको पालिका स्तरीय पुरुष फुटबल प्रतियोगितामा नौ वटा टिमको सहभागिता रहेको थियो ।
दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, जोरायल गाउँपालिका, केआईसिंह गाउँपालिका र आदर्श गाउँपालिका ,डोटी बहुमुखी क्याम्पस, उद्योग वाणिज्य संघ, बैंकर्स तथा स्वास्थ्यकर्मीहरूको टिम सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *