जोडिदै पर्यटकीय स्थल दुधेश्वर र कोटभैरव राजदरबार

कृष्ण मलासी
४ असोज २०७९ ९:१२
जोडिदै पर्यटकीय स्थल दुधेश्वर र कोटभैरव राजदरबार

असोज ३ डोटी । दिपायल सिलगढी नगरपालिका वडा नं. २ मा रहेको तत्कालीन डोटेली राजाको राजदरबार कोटभैरवको नामले चिनिने र वडा नं. ५ मा अवस्थित धार्मीक पर्यटकीय स्थल दुधेश्वर जोड्ने पर्यटकीय झोलुङ्गे पुलको निर्माणकार्य तीब्र गतिमा भइरहेको छ।

झोलुङ्गे पुलको काम लगभग ८५% सकिएकाे  दिपायल सिलगढी नगरपालिकाले बताएकाे छ। उक्त झोलुङ्गे पुल ९६ लाख ३९ हजार ७ सय ५८ रुपैंया ८० पैंसाको लागतमा निर्माण भइरहेको देवभूमि कन्स्ट्रक्शन का सञ्चालक डम्बर भट्टले बताए । उक्त पुल जमीनको सतहदेखि लगभग ७०/८० मिटर उचाईमा र २ सय मिटर लामो रहेको भट्टले बताएका छन ।

उक्त झोलुङ्गे पुल दैनिक आवत जावतका लागि मात्रै नभई पर्यटकीय आकर्षण बढाउन र धार्मीक स्थलमा जान सहज हुने   स्थानीय नैन कठायतले बताए । उक्त पुल निर्माणधिन मै रहेकोले त्यहाँ गै टिकटक बनाउने र फोटो खिच्नेको थुप्रै भिड हुने भएकोले अप्रीय  दुर्घटना हुनवाट राेक्न नगर प्रहरी  खटाइएको नगर प्रमुख बाजी सि. खड्का (बिजयी) ले बताए ।यो पुल अबको हप्ता दिनमा सम्पन्न हुने ठेकेदार डम्बर भट्टले बताएका छ्न।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *