असोज ३ , काठमाडौं । निर्वाचनको तिथी नजिकिदै गर्दा नेपाली कांग्रेस डोटीका आकांक्षीहरु सिंहदरबार वरपरको परिक्रमालाई तीब्र पारिरहेका छन् । दिउँसो सिंहदरबारको परिक्रमा जति बढिरहेको छ त्यति नै बहस र तर्कबितर्क राती चर्किरहेको छ । एकातिर चोक देखि चियापसलहरुमा आ आफ्नो दाबी गरिरहेका छन् भने अर्कातिर गठबन्धन तोड्न कांग्रेसका नेता देखि कार्यकर्ताहरु पार्टी नेतृत्वलाई विभिन्न माध्यमबाट दवाब दिइरहेका छन् । यद्यपी पार्टी नेतृत्व नेपाली कांग्रेस डोटीको सामुहिक आवाजबारे मौन रहेको छ ।
यसैबिच नेपाली कांग्रेका नेता भूमिराज बडु भने आफ्नो उम्मेदवारीको अन्तिम तयारीमा रहेको बताउछन् । उनले पार्टी नेतृत्वबाट जिल्लाको सामूहिक आवाजको सुनुवाई नभएमा केन्द्रीय निर्देशन अस्विकार गर्ने बताइ रहेका छन् ।
मतदाताबाट आफूलाई उम्मेदवारीको तयारीमा लाग्न चर्को दवाब आइरहेको बडु बताउँछन् । इमानदार कार्यकर्ताका रुपमा कटिवद्ध भएर लागेकाले टिकट आफूले पाउने दाबी गरिहेका बडु पार्टीको अन्तिम निर्णयलाई हेरेर चुनावी रणनीति बनाउने योजनामा छन् ।
प्रस्तुत छ , पाँजलो डटकमसंगको कुराकानीमा बडुले राखेको बिस्तृत धारणा–
प्रतिक्रिया