ओलीलाई देउवाको जवाफ : परमादेशकै कारण सँगै काम गर्न पायौं

पाँजलो न्युज
२ असोज २०७९ ३:२९
ओलीलाई देउवाको जवाफ : परमादेशकै कारण सँगै काम गर्न पायौं

१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशको सरकार भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परमादेशकै कारण सँगै बसेर कम गर्ने मौका पाएको जवाफ दिएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले परमादेशकै कारण संसद बचाउन सकेको र सँगै बसेर काम गर्न पाएको टिप्पणी गरे ।

दुई पटक प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आइरहेका छन् ।

‘हुनत हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ, यो संसद नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं’ प्रधानमन्त्री देउवाले भने, ‘परमादेश नभएको भए उहाँ रु हामी सँगसँगै काम गर्न नै पाउँदैनथ्यौं, धेरै ठूलाठूला विधेयकहरु पास गर्न नै पाउँदैनथ्यौं ।’

प्रधानमन्त्री देउवाले परमादेशकै कारण भेट गर्ने मौका पाएको टिप्पणी गरे । ‘त्यसकारण परमादेशले हामीलाई भेट गर्ने मौका दियो । यसका लागि न्यायालयले न्याय गरेको मैले महसुस गरेको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *