पूर्वकप्तान रोहान मुस्ताफालाई बाहिर राख्दै युएईको विश्वकप टिम घोषणा

पाँजलो न्युज
२ असोज २०७९ २:५७
पूर्वकप्तान रोहान मुस्ताफालाई बाहिर राख्दै युएईको विश्वकप टिम घोषणा

असोज २, डोटी । युएईले पूर्वकप्तान रोहान मुस्ताफालाई टी–२० विश्वकपको टिमबाट बाहिर राखेको छ। टिमको नेतृत्व सीपी रिजवानले गर्नेछन्, उनलाई गत महिना मात्र युएईको टी-२० कप्तान नियुक्त गरिएको थियो।

मुस्ताफाले विश्वकप छनोट प्रतियोगिताको फाइनलमा आयरल्याण्डविरुद्ध युएईका लागि विजयी रन बनाएका थिए।

टिमबाट बाहिर राखेसँगै उनले आफ्नो देशबाट तीनवटा विश्वकप खेल्ने पहिलो खेलाडीको इतिहास बनाउने नपाउने भएका छन्।

यसअघि उनले २०१४ को टी-२० विश्वकप र अर्को वर्ष अस्ट्रेलिया र न्यूजिल्याण्डमा भएको एकदिवसीय विश्वकपमा युएईको प्रतिनिधित्व गरिसकेका थिए। युएईका लागि उनले पछिल्लोपटक केही साताअघि मात्र कुवेतमा टी-२० एशिया कप छनोटमा खेलेका थिए।

‘यो मेरो लागि सपना थियो, म तीनवटा विश्वकप खेल्ने पहिलो युएईक खेलाडी बन्दै थिए,’ उनले भनेका छन्, ‘यो मेरो लागि दु:खद पल हुनेछ, र मलाई लाग्छ कि उनीहरूले मलाई अलिकति मिस गर्नेछन्। मलाई लाग्थ्यो कि मैले टी-२० मा राम्रो गरिरहेको थिए।’

युएई टोलीः सीपी रिजवान (कप्तान), वृत्य अरविन्द (उपकप्तान), चिराग सुरी, मोहम्मद वसीम, बासिल हमिद, आर्यन लाक्रा, जवर फरीद, काशिफ दाउद, कार्तिक मयप्पन, अहमद राजा, जहूर खान, जुनैद सिद्दिकी, साबिर अली, अलिशान शराफु र आयान खान

साभार : सेतोपाटीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *