नेपालले आज बंगलादेशको सामना गर्दै

पाँजलो न्युज
२ असोज २०७९ २:४७
नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज बंगलादेशको सामना गर्ने भएको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा  नेपाल र बंगलादेशबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

समूह ‘बी’ मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ ।  तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *