डोटी बहुमुखी क्याम्पस डोटीको मानविकि भवनको सिलान्यास

पाँजलो न्युज
३१ भदौ २०७९ ५:३५
डोटी बहुमुखी क्याम्पस डोटीको मानविकि भवनको सिलान्यास
डोटी बहुमुखि क्याम्पसको मानविकी संकाय भवनको सिलान्यास गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट ।

भदौ ३० डोटी । शुक्रवार डोटी बहुमुखी क्याम्पस डोटीको मानविकि भवनको सिलान्यास भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बिच भवनको सिलान्यास गरेका हुन् ।
मुख्यमन्त्री भट्टले भवनको सिलान्यास गर्दै बिकासका लागि सबै मिलेर जानु पर्ने बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा मानविकी भवन निर्माण भइरहेको छ । भवन निर्माणपश्चात बिद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने डोटी बुहुमुखि क्याम्पस प्रमुख दिलानन्द जोशीले बताए ।

डोटी बहुमुखी क्याम्पस डोटीको मानविकि भवनको सिलान्यास कार्यक्रमका सहभागि ।

बिकाससँग जनतालाई जोड्दै जनप्रतिनिधीले काम गर्नु पर्ने र यसरी कार्य गरेमा विकासका कार्य तिब्र अगाडी बढ्ने मुख्यमन्त्री भट्टको भनाई छ । “हाम्रा राजनितीक विचार फरक हुन सक्छन् तर विकासका लाग िहामी एक ठाउँमा उभिन जरुरी छ, मुख्यमन्त्री भट्टले भने, जुन ठाउँमा विकासमा एक मत भएको छ त्यो ठाउँमा सबै भन्दा बढी विकास भएको देखिन्छ ।” मुख्यमन्त्री भट्टले डोटीको हकमा एकरुपता नरहेको र राजनीतकि मतभेद बढी हुने, अप्ठ्यारो सृजना हुने गरेको बताए । समग्र बिकासको लागि गठबन्धन आवश्यक रहेको र गठबन्धन डोटीमा पनि कायम हुनुपर्ने मुख्यमन्त्री भट्टको भनाई छ । डोटी क्याम्पसमा महिला छात्रावास आवश्यक रहेको क्याम्पस प्रमुख दिलानन्द जोशीले बताएका छन् । क्याम्पसमा छात्रावास निर्माणका लागी प्रदेश सरकार र मुख्यमन्त्री भट्टलाई जोशीले आग्रह गरे । छात्रावास बनाउनको लागी प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री भट्टले आश्वासन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *