डोटीमा डेंगु संक्रमण तिब्र

१८ दिनमा २९ जना संक्रमीत

दिपायल सिलगढी नगरपालिकाका १३ जना, शिखर नगरपालिकाका ७ जना, पुर्विचौकी गाउँपालिकाका ६ जना, सायल गाउँपालिकाका २ जना र केआइसिंह गाउँपालिकाका एक जनामा डेंगु फेला

पाँजलो न्युज
३० भदौ २०७९ १२:५०
१८ दिनमा २९ जना संक्रमीत

भदौ ३० डोटी ।  डोटीमा डेंगु संक्रमण तिब्र बढीरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका रहिस श्रेष्ठका अनुसार १८ दिनमा २९ जनामा डेंगु सक्रमण पुष्टि भइसकेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यो वर्ष जिल्लामा भदौ १३ गते पहिलो पटक फेला परेको थियो । त्यसयता क्रमशः जिल्लामा डेंगुका सक्रमित बढिरहेका छन् ।
जिल्ला अस्पताल डोटीका रहिस श्रेष्ठका अनुसार भदौ १३ देखि ३० गते सम्म डेंगुका सक्रमित फेला परेका हुन् । स्वास्थ्य कार्यालय डोटीका निमिक्त प्रमुख डिल्लीरमण जोशीले लामखुट्टेबाट बच्न समयमै सजक हुन अनुरोध गरेका छन् ।
डेंगुका सङ्क्रमित मध्ये १२ जना पुरुष र १५ जना महिला हुन् । दिपायल सिलगढी नगरपालिकाका १३ जना, शिखर नगरपालिकाका ७ जना, पुर्विचौकी गाउँपालिकाका ६ जना, सायल गाउँपालिकाका २ जना र केआइसिंह गाउँपालिकाका एक जनामा डेंगु फेला परेको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
सफा पानीमा हुने लामखुट्टेको टोकाइले डेङ्गुको सङ्क्रमण फैलिने गरेको छ । यो वर्ष डोटीमा यसको संक्रमण उकालो लाग्ने क्रममा छ । एडिस एजिप्टाइ र एडिस एल्वीकिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले बताए । भाइरसजन्य यो रोगको विशिष्ट उपचार पद्धति विकास नभए पनि लक्षणको आधारमा डाक्टरको निगरानीमा उपचार गरे निको हुने डाक्टर शाहको भनाइछ ।
ज्वरो आउने, हड्डीका जोर्नीहरू दुख्ने, टाउको दुख्ने, आँखाका गेडीहरू दुख्ने, सामान्यतया बान्ता हुने, शरीर दुख्ने यस रोगका मुख्य लक्षण हुन् । यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न डाक्टर शाहले आग्रह गरे । डेंगु कडा खालको ज्वरो भएकाले सतर्कता अपनाउनु पर्ने चिकित्सकको भनाई छ । राति सुत्दा झुलको प्रयोग गर्ने, घर वरपर रहेका पानी जमेका खाल्डाखुल्डी पुर्ने, गमला, गाडीका टायर लगायतका ठाउँमा पानी जम्न नदिने घर वरपर सफा राखेमा पनि केही हदसम्म डेंगुबाट बच्न सकिने डाक्टर शाह बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *