धनगढीमा डा. केसीको स्वास्थ्य अवस्था बिग्रीयो

पाँजलो न्युज
२९ भदौ २०७९ ९:३०
धनगढीमा डा. केसीको स्वास्थ्य अवस्था बिग्रीयो

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहित ७ बुँदे माग राखेर डा. गोविन्द केसीले धनगढीमा २०औँ आमरण अनसन गरेको तीन दिन भएको छ। तेश्रो दिनमा डा. केसीको स्वास्थ्यमा समस्या देखिएको हाे।

आज नियमित जाँच गर्दा रगतमा गुलुकोजको मात्र एकदम कम देखिएको चिकित्सक शेरबहादुर कमरले बताए। यसैगरी सेतो रक्त कोशिका पनि कम देखिएको छ भने पिसाबमा किटोन देखिएको चिकित्सकले बताएका छन्। चिकित्सकको टोलीले अस्पताल भर्ना गर्न भनेपनि डा. केसीले अस्विकार गरेका छन्। अवस्था जटिल भएपनि आफूलाई कुनै औषधि नचढाउन उनले आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *