पर्यटन व्यवसायी शाही अभिनन्दित

शाही ग्रीन फारवेष्ट र वाइल्ड वेष्ट नेपालका अभियन्ता हुन्

पाँजलो न्युज
२९ भदौ २०७९ ८:०३
पर्यटन व्यवसायी शाही अभिनन्दित

भदौ २९ , डोटी ।  पर्यटन तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै जन्मथलोमा पर्यटन व्यवसायी अमर बहादुर शाहीलाई सम्मान गरिएको छ ।
शिखर नगरपालिका वडा नं. २ को कार्यालयले आयोजना गरेको अभिनन्दन कार्यक्रममा शाहीलाई सम्मान गरिएको हो । शाही शिखर नगरपालिका वडा नं. २ मुडेगाउ‘का स्थानीय हुन् । वडाअध्यक्ष गणेश बोगटीले पर्यटन क्षेत्रमा ख्याती कमाएका शाहीले सामाजिक कार्यमा निस्वार्थ योगदान पुु¥याएकोमा गत शनिबार अभिनन्दन गरिएको जानकारी दिए ।


रैका टुर्स एण्ड ट्राभल्स संचालक शाहीले सन् २०१० मा ‘ग्रीन फारवेष्ट अभियान’ संचालन गरेका थिए । सो अभियान अन्तर्गत सुदूरपश्चिममा एक लाख भन्दा बढी बिरुवा वृक्षारोपण गरिएको शाही बताउ‘छन् । पर्यटन व्यवसायी शाहीले खप्तड जाने पर्यटकलाई लक्षित गर्दै जन्मथलो मुडेगाउमा म्याङ्गो रिसोर्ट निर्माण गरिरहेका छन् । ‘कृषि पर्यटनलाई प्रर्वद्धन गरेर ग्रामीण क्षेत्रमा पनि पर्यटक तान्न सकिने उदाहरण दिन आफूले जन्मथलोमा रिसोर्ट र कृषि फर्म खोल्न लागिएको शाहीले बताए ।
कोरिया टुर्स एण्ड ट्रेकिङ एसोशियसन नेपालका अध्यक्ष समेत रहेका शाहीले मध्य तथा सुदूरपश्चिमको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवर्धनका लागि ‘वाइल्ड वेष्ट नेपाल’ अभियान संचालन गर्दै आएका छन् ।


जीवनकै पहिलो कमाई गाउ‘कै महाकाली माबिको भवन निर्माणमा उनले लगाएका थिए । विपन्न, अनाथ तथा दलित समुदायका विद्यार्थीहरूको पठनपाठनमा सहयोग पु¥याएको महाकाली माबिका प्रधानाध्यापक कृष्णराज पाठकले बताए । शाहीलाई विद्यालयकै प्राङ्गणमा अभिनन्दन गर्न पाएकोमा प्रअ पाठकले खुसी व्यक्त गरे ।
स्थानीय राम बहादुर लुहार भने स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन उन्नत जातको ऑप खेतीका लागि शाहीले प्रोत्साहन गरेको सम्झन्छन् । लुहारले शाहीकै योगदानका कारण वडाका करिब एक सय परिवारले ऑप खेती गर्दै आएको बताए । शाहीकै अग्रसरतामा गत वर्ष मुडेगाउ‘ ऑप प्रर्दशनी कार्यक्रमको आयोजना गरिएको थियो । सो प्रदर्शनीमा राखिएका ऑप हेलिकप्टरमा काठमाडांै लगिएको थियो । ‘अहिले हामीहरूका बारीमा प्रतिकिलोको ४० रुपैयॉ देखि पॉच सय पर्नेसम्मका ऑपहरू छन्,’ वडा नं. २ का वडाध्यक्ष गणेश बोगटीले भने, ‘मुडेगाउ‘का आपले काठमाण्डौंसम्म बजार पाउनु नै हाम्रा लागि सुखद हो । उहॉलाई अभिनन्दन गर्न पाउनु सौभाग्य हो ।’
उक्त अभिनन्दन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, महाकाली माबिका प्रअ, शिक्षक तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *