भदौ १८ गते डोटी । आर्थिक समस्याका कारण कक्षा ३ मा सरस्वती भुल नियमित बिधालय उपस्थित हुन सकिनन् । पुर्बिचोकी गाउँपालिका वडा न १ श्रीमाल टोल बस्ने सरस्वती शैक्षिक सामाग्रीको जोहो गर्न नसकेर स्कुल छोड्नु परेको घटना अहिले पनि याद सम्झन्छिन् । सरस्वती मात्र हैन उनका अन्य साथिहरुको अवस्था पनि त्यस्तै थियो ।
तर सामुदियक बिकास केन्द्र (सिडिसी) ले सरस्वती र उनका साथिहरुलाइ शैक्षिक सामाग्रीमा सहयोग गरेपछि भने उनीहरु खुसी छन् । अहिले उनी कक्षा छ मा अध्ययनरत छिन् । पढाइमा जेहेन्दार र बिधालयमा अनुशासित छात्राका रुपमा चिनिदै आएको उनका शिक्षकहरु बताउँछन् । वल्ड भिजन ईन्टरनेशनल को आर्थिक सहयोग तथा सामुदायिक विकास केन्द्र डोटीबाट सचालीत परियोजनाले समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजनाले सहयोग गरेको हो ।
यो परियोजनाले शैक्षिक सामाग्रीमा मात्र हैन विभिन्न बिद्यालयका ९२ वटा पढाई शिविर समेत संचालनमा ल्याएको छ। पढाई शिविरमा बालबालिकाहरुलाई बिभिन्न खेल माध्यमबाट सिकाई तथा पढाई सिप विकास गर्ने गरिएको सामुदायिक बिकास केन्द्रका सिद्ध राज जोशीले बताए । जोशीका अनुसार बिधार्थीहरुको पढाइमा सुधार गर्नका लागि पढाइ शिविर सचालन गरिएको जानकारी दिए ।
बिधालयहरुमा सिडिसिले समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजना मार्फत सचालन गरिरहेको विभिन्न गतिविधिले पढाइमा सुधार ल्याएको अभिभावकहरु बताउछन् । साजेन्द्रश्वर माबि ब्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर खड्काले बिधालयको पढाइ सुधारमा सिडिसिले अतुलनीय योगदान पुगाएको बताए । भौतिक सरचना देखि कक्षाकोठा सुधार्नमा सिडिसीले सहयोग गरेको छ खड्काले खुसी हुँदै भने विपन्न बर्गका छात्रछात्राहरुलाई शैक्षिक सामाग्री देखि पोशाक सम्म दिएको छ । सरकार भन्दा बढी सहयोग र योगदान सिडिसीले गरेको भन्न कुनै अप्ठेरो लाग्दैन ।
प्रतिक्रिया